रातिदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्याे


काठमाडाैं – पहिरोका कारण गए रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । दैलेख र कालीकोटको सीमानामा पर्ने विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक केहीबेर अघिदेखि खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यस्तै पहिरोले मध्यपहाडी राजमार्गको रुकुम खण्ड अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-८ किटनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडाैं तथा रुकुम पूर्वबाट रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगञ्ज जाने गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया