बालिकालाई बेश्याबृत्तिमा लगाउने गेष्ट हाउस सञ्चालक पक्राउ


काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।

नाबालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई बेश्याबृत्तिमा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रतिक्रिया