अवैध लागूऔषधसहित चार जना पक्राउ


काठमाडाैं – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । प्रहरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-३ भाँसिस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ पाँच किलोग्राम र नगद १२ हजार नाैँ सय ३० रूपैयाँ सहित दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ५३ वर्षीय शिवराज भट्ट र बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय सुरेश सुनार रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ भाटभटेनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहित दिन बेहना र २४ वर्षीय अर्जुन चमार रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यू र लागू औषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.१ प ८६६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया