अवैध लागूऔषधसहित एक जना पक्राउ


काठमाडौं – अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम ७ मिलिग्राम सहित झापा बाह्रदशी गाउँपालिका-६ बस्ने ३५ वर्षीय सुरेश थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले धरानदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५८८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया