खुकुरी प्रहार गरी श्रीमतीको बीभत्स हत्या गर्ने श्रीमान पक्राउ


दमक – झापामा मङ्गलबार साँझ खुकुरी प्रहार गरी श्रीमतीको बीभत्स हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ७ शिवालय टोलमा ४६ वर्षीय ओमप्रसाद अधिकारीले ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको खुकुरीले काटेर बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार साँझ साढे ६ बजे भएको घटनामा श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती रन्जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिए । मृतकका ११ वर्षीय छोरा र पाँच वर्षीया छोरी रहेका छन् । प्रहरीका अनुसार घरझगडाले उग्ररुप लिँदा घटना घटेको हो ।

प्रतिक्रिया