अमेरिकामा मुनाको हत्याको कारण खुल्यो, बबीले गोली हानेको खुलासा


काठमाडौं – अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अदालतको दस्तावेजमा उल्लेख भए अनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो । घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ ।

यसैबीच, बबीमाथि हत्याको आरोपका साथै गैरकानूनी रूपमा हतियार राखेको अभियोगमा समेत मुद्दा दर्ता भएको छ । २६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक-पटक जेल परेको खुलेको छ ।

अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको थियो । भोजपुरकी मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

प्रतिक्रिया