कुवेतमा तेल निकाल्ने मेसिनमा च्यापिएर एक नेपालीको मृत्यु


काठमाडौं – कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मानबहादुर भुजेलको मृत्यु भएको हो ।

कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।

विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए । उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ ।

पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए कुवेतलाई उनले अनुरोध गरेकी छन् ।

प्रतिक्रिया