श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

दाङ – आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

छबी नारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि मनसरालाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *