स्कुल अफ आईटीको विशेष उपहारः हरेक कोर्षमा ५ हजार ५५५ बहार

काठमाडौं – स्कुल अफ इन्फरमेसन टेक्नोलोजीज (स्कुल अफ आईटी) ले चाडपर्व विशेष उपहार याेजना सार्वजनिक गरेको छ । ‘स्कुल अफ आईटीको दशैं उपहार, हरेक कोर्षमा ५५५५ काे बहार’ अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएकाे हाे । यस अन्तर्गत सबै कोर्षहरुमा छुटको योजना ल्याएकाे छ ।

सिटीइभिटीबाट स्वीकृती प्राप्त स्कुलले विगत चार वर्षदेखि प्रोग्रामिङ, डिजाइनिङ, इन्जिनियरिङ, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण तथा बजार लक्षित लामो र छोटो समयका सूचना प्रविधि सम्बन्धी कोर्षहरु सञ्चालन गर्दै आएको छ ।

दशैं तिहार उपहार योजना अन्तर्गत विद्यार्थीले घटस्थापनाको दिनदेखि छठ पर्वको दिन सम्ममा स्कुल अफ आइटीको आफूले पढ्न चाहेको कोर्षमा सिट बुक गर्नु पर्नेछ । सिट सुरक्षित गरेपछि आफ्नो अनुकुलको समयमा कक्षा लिन पाइने स्कुल अफ आइटीले जनाएको छ ।

‘सूचना प्रविधि सम्बन्धी सीप हासिल गर्न चाहने तथा सूचना प्रविधिका क्षेत्रमा भविष्य खोजी रहेका विद्यार्थीलाई लक्षित गरेर हामीले यो योजना सार्वजनिक गरेका हौं,’ स्कुल अफ आइटीका शिक्षा निर्देशक बसन्त चापागाँईले भने ‘यो योजना सूचना प्रविधिमा भविष्य खोजी रहेका युवाहरूको लागि कोसेढुंगा सावित हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *