सुनको सिक्री लुटेर भागेका ३ जना पेस्तोल र गोलीसहित पक्राउ


नवलपरासी(पूर्व) – गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका-१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।

ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अन्यको खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया