सीएमसी बैठकमा स्मार्ट लकडाउन बारे छलफल, बुस्टर डोज खोप अघि बढाउन अनुमति


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले अहिले कोरनाको संक्रमण बढिरहेकाले संक्रमण बढन नदिने उपाय अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाले संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन र अस्पतालहौर तयारी अवस्थामा राख्न निर्देशन दिए ।स्वास्थ्यमन्त्री विरोध खतिवडाका अनुसार प्रधानमन्त्री देउवाले बैठकमा सीमा नाकाहरुमा कोभिड–१९ को परिक्षण गर्ने र खोप लगाउने कामलाई अझ तीव्रता दिन निर्देशन दिएका छन् ।

सीसीएमसी बैठकले बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ । बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको छ ।

प्रतिक्रिया