स्थानीय तह निर्वाचनकाे मिति जेठ ४ गते : आयाेग


काठमाडाैं – स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मङ्गलवार भएको छलफलमा आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने नयाँ मिति प्रस्ताव गरेको हो ।

यसअघि आयोगले वैशाखको १४ र दुई चरणमा गर्नुपर्ने भए दोस्रो चरणका लागि वैशाख २२ गतेको प्रस्ताव गरेको थियो । तर सरकारले मिति नतोकेको र सत्तारुढ गठबन्धनबीच जेठ महिनाभित्र चुनाव गर्ने सहमति भएपछि आयोगले जेठ ४ गते एकै दिन चुनाव गर्ने प्रस्ताव गरेको हो ।

स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ । आयोगले सरकारलाई ६ पृष्ठको सुझाव पेस गरेको छ । स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन आयोगसँगको परामर्श गरेर सरकारले मिति घोषणा गर्ने प्रावधान छ ।

छलफलमा प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया