युक्रेनमा युद्ध लड्दै नेपाली युवा प्रताप बस्‍नेत, भन्छन् – ‘आफूलाई युक्रेनले धेरै दिएकाे छ’


काठमाडौं –  नेपाली युवा प्रताप बस्‍नेत युक्रेनका तर्फबाट रुसविरुद्ध युद्ध लड्दै छन् ।  रुसविरुद्धको युद्ध लड्न आफू सेनामा भर्ती भएको उनले बताएका छन् ।

रुसले आक्रमण गरेपछि युक्रेनमा रहेका धेरै नेपालीलगायतका सर्वसाधरण राजधानी किभ छाडेका छन् । उनीहरु छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर बस्नेत भने युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् । उनले आफूलाई युक्रेनले धेरै थोक दिएकाले अहिले परेका बेला युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न लागेको बताएका हुन् ।

युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू युद्धमा होमिएको पनि बताएका छन् । साथै उनले आफू युद्ध लड्न सेनामा भर्ती हुन लाग्दा डर नभई गौरव लागेको समेत बताएका छन् ।

प्रतिक्रिया