ढाँटेर अरुकाे नाममा मतदान गरेको पाइए जरिबाना हुने

काठमाडाैं – कसैले आफ्नो नाम ढाँटेर अरु मतदाताका नाममा मतदान गर्न आएमा उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ ।

छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार निर्वाचन आयोगले मतदान अधिकृतलाई दिएको छ ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *