राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक
काठमाडाैं – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज रातिदेखि माैन अवधि लागू हुने भएको छ । आज राति १२ बजेदेखि नै मौन अवधि लागू हुने भएको हो ।
निर्वाचन आयोगले विज्ञप्ति निकालेर आज रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको छ ।
आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।