झण्डै ३० बर्षपछि मध्यनेपाल-९ बाँङ्ग्रेमा कांग्रेसकाे एकछत्र राज, प्यानल नै विजयी


लमजुङ – लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ९ बाँङ्ग्रेमा वडा अध्यक्ष महेश कुमार पाण्डेसहित सबै सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारहरु विजयी भएका छन् ।

वडा अध्यक्ष पाण्डेले ५१७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण कुँवरले ५१० मत प्राप्त गरे ।

यस्तै विजयी हुने वडा सदस्यमा राम वहादुर रानाभाट, बिनोद गुरुङ, महिला सदस्य शान्‍ता कुवँर तथा दलित महिला सदस्य गौ माया रिमाल रहेका छन् ।

झण्डै ३० बर्षदेखि एकछत्र राज गर्दै आएको नेपाल कम्यूनिष्ट पार्टी एमालेलाई हराउँदै बाङ्ग्रेमा नेपाली कांग्रेसले मध्यनेपाल नगरपालिका वडा नं.९ मा प्यानलसहित जित हासिल गरेको हाे।

 

#नेकपा एमालेका लक्ष्मण कुँवरले ५१० मत प्राप्त गरे हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे ।

प्रतिक्रिया