कोरोना अपडेट : थप १३ जनामा काेराेना संक्रमण


काठमाडाैं – नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा नौ जना निको भएसँगै अब नेपालमा एक सय १० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

२४ घण्टामा ११ हजार नाै सय ७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया