करेन्ट लागेर एक जनाको मृत्यु भएपछि सुर्खेतमा स्थानीय आक्राेशित


वीरेन्द्रनगर – करेन्ट लागेर  एक जनाको मृत्यु भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थानीय आक्राेशित भएका छन्। मेहलकुना अस्पतालको नयाँ भवन निर्माणको क्रममा शनिबार करेन्ट लागेर गुर्भाकोट नगरपालिका–६ का १७ वर्षीय विजय विकको मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि आइतबार आफन्त तथा स्थानीयले मेहलकुना बजारमा प्रदर्शन गरेका छन् । स्थानीयले सडकमा टायर बालेर आवतजावत गर्ने सवारी साधनहरु रोकेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार आफन्तहरुले उचित क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् । उनले अहिले नगरपालिका प्रमुख, उपप्रमुख, अस्पताल प्रशासन र आफन्तबीच सहमतिका लागि छलफल चलिरहेको छ ।

प्रतिक्रिया