कोरोना भाइरस : थप ४ सय ५७ संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४५७ जनामा संक्रमण पुष्टि भएको हो।

चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर एक हजार ७७६ जना सक्रिय संक्रमित छन्। ४८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *