सुरक्षा घेराबीच एटीएम मेसिन फुटाएर चाेरी


काठमाडौं – विभिन्न स्थानबाट चाेरीका घटना बाहिरिरहेका बेला पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने क्रम बढिरहेकाे छ ।

पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार । पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि पोखरा-९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो ।

घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो। दुवै एटीएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ ।

प्रतिक्रिया