अछाममा पहिरो : तीन जनाको मृत्यु, एक जना घाइते


काठमाडाैं – गएराति अछाममा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको पुष्टि भएको छ । एक जना घाइते भएका छन् ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार ज्यान गुमाउनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको परिचय खुल्न बाँकी छ । घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अछाममा गएराति १ बजेतिर पहिरोले घर पुरेको हो । दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भए पनि राति नै प्रहरीको टोली त्यसतर्फ गइसकेकाे छ । स्थानीयका अनुसार घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको हाे ।

प्रतिक्रिया