जुम्लामा जङ्गली च्याउको तरकारी खाएपछि…


जुम्ला – जङ्गली च्याउको तरकारी खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् ।

जङ्गली च्याउ खाँदा तिला गाउँपालिका ४ नुवाकोट गाउँका विष्णु हमालकाे परिवारका चारसहित त्यही घरमा बस्ने अर्का एक जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा हमालसहित श्रीमती सम्झना, छोरीहरू सबिना र सम्झौताका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका-९ रोकायाबाडाका डेकेन्द्र रोकाया बिरामी परेका हुन् ।

बिरामी परेकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया