कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत


काठमाडाैं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए ।

विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र एक मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । कर्णालीमा माओवादीका राजकुमार शर्माले गएको चैत २१ गते राजीनामा दिएपछि चैत २७ गते एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया