आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ


जुम्ला – जुम्लामा आमाको हत्या अभियोगमा सौतेनी छोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका-१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया