पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यातायात ठप्प


सुर्खेत – पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए रातिको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सीमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको हो ।

दैलेख-कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन् । राजमार्ग अवरुद्ध भएकोबारे बिहान सवा ६ बजे प्रहरीलाई खबर भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल न्यौपानेले जानकारी दिए ।

दहीखोला र कालेखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पाँच ठाउँमा सडक अवरुद्ध भएको डिएसपी पोखरेलले जानकारी दिए । दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ । दैलेखका राकम बजारबाट जेसिबी लिएर सडक खुलाउने काम भइरहेको उनले बताए । सडक कतिबेला खुल्ने भन्ने निश्चित भने छैन ।

प्रतिक्रिया