कोशी र कर्णालीमा आज सार्वजनिक बिदा

काठमाडौं – कोशी र कर्णाली प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णालीमा प्रदेश स्थापना तथा नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिएका छन् ।

यस्तै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले प्रदेश स्थापना तथा नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *