बन्दुकको कुन्डाले हानेर वृद्धाको हत्या


रोल्पा – रोल्पामा बन्दुकको कुन्डाले हानेर वृद्धाको हत्या भएको छ । रोल्पा थवाङ गाउँपालिका-२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।

उनको हत्या आरोपमा स्थानीय ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको छ । रोकाले बन्दुकको कुन्डाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

राति १२ बजेतिर वृद्धाको हत्या भएको भन्ने सूचनापछि पुगेको प्रहरीले आरोपिलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर टाढा पातिको झाडीमा फेला पारेको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया