मंसिर ४ गते चुनावकाे मिति तोकिए आश्चर्य नमान्नू : प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं – प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ गतेका लागि तोकिन सक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियाले बताएका छन् ।
मंगलवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ,’ थपलियाले भने।