साउन २२ देखि ३१ गतेसम्म निर्वाचनका लागि दल दर्ता गर्न आयोग आह्वान

काठमाडौं – निर्वाचन आयोगले साउन २२ गतेदेखि दल दर्ताको आह्वान गरेको छ। सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेपछि आयोगले प्रक्रिया अगाडि बढाएको हो।

आयोगको शुक्रबार बसेको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ।

दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *