त्रिविको ४८ औं दीक्षान्त समारोह सम्पन्न : ६२ हजारबढी विद्यार्थी दीक्षित


काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह भएको छ। ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको समारोहमा ट्रान्सक्रिप्ट लिएका ६२ हजार २ सय ३७ विद्यार्थी दीक्षित भएका छन्।

२०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायत सहभागी थिए।

यस अवसरमा एमफिल, विद्यावारिधी र सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताए।

प्रतिक्रिया