मामाको छोराले यौन दुर्व्यवहार गरेको घटना टिकटकमार्फत सार्वजनिक
पोखरा – फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् ।
किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।
आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको किशोरीले टिकटकमार्फत जनाएकी थिइन । किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ। दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन ।