पूर्व गृहमन्त्री खाण पक्राउ, एमालेका टाेपबहादुर रायमाझीलाई निलम्बित


काठमाडाैं – नक्कली भुटानी शरणार्थीसँग जोडिएको प्रहरी अनुसन्धानको सिलसिलामा भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता सीताराम रिजालले खाण उनको निवासबाट बुधवार बिहान पक्राउ परेको पुष्टि गरेका छन्। उनी केही वर्षदेखि चाबहिल, मैँजुबहालमा बस्दै आएका थिए ।

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

यस्तै एमाले महासचिव शंकर पोखरेलले आज बुधवार विज्ञप्ति निकालेर राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

रायमाझीलाई यस प्रकरणमा सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धान सहयाेग गर्न पनि केन्द्रीय सचिवालय बैठकले निर्देशन दिइसकेकाे विज्ञप्तिमा उल्लेख छ । अहिले फरार रहेका रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सचिव रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया