मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
काठमाडौं – जाजरकोट भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
जारी बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रमा पुगेका थिए ।
भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।