‘सरकारले गरेको गल्ती पनि कानुनी दायरामा आउँछ’

काठमाडाैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो चाँडो कानुनी दायरामा आउने बताइन्।

आज मङ्गलवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती–कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताएकी हुन् । उनले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन् ।

उनले भनिन्, ‘आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । त्यस कारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती–कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा, यो गणतन्त्रमा संविधान भन्दामाथि, कानुन भन्दामाथि, निगरानी भन्दामाथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’

सञ्चारमन्त्रीले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन नहुने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *