सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने एक जना पक्राउ

काठमाडौं – सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल यु-ट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा सिरहा लहान नगरपालिका-२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल यु-ट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *