प्रधानमन्त्री ओलीले मागे विश्वास मत


काठमाडौं – संघीय संसदमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्रीको प्रस्तावमाथि अहिले दलीय आधारमा सांसदहरूले धारणा राख्ने क्रम चलिरहेको छ । प्रस्तावमा छलफलका लागि सभामुख देवराज घिमिरेले दुई घण्टा समय छुट्याइएको छ ।

कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्  ।

प्रतिक्रिया