प्रधानमन्त्री ओलीले पाए विश्वासको मत


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । आजकाे बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीकाे पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४ जना सांसदले ओलीकाे विपक्षमा मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नाे मत जाहेर गरे ।

२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गतको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया