मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा


काठमाडौं – भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा परेको छ । मनोहरा खोलामा आएको बाढी आसपासका बस्तीमा परेको हो । गए रातिको वर्षासँगै आएको बाढीले वरपरका बस्ती डुबानमा परेका हुन् ।

केही घरमा पानी पसेर बेहाल बनाएको छ । गए राति काठमाडौं उपत्यकाका धेरै ठाउँमा भारी वर्षा भएको थियो । उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ । बागमती, हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु र बल्खुखोलामा जलसतह सतर्कता (खतरा) तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

हरेक वर्षायाममा यहाँ बाढीले स्थानीयलाई दुःख दिने गरेको छ । नदी किनारको सडक र बस्तीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, किनारबाट यात्रा नगर्न र डुबान हुने स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया