भोजपुरमा बाढीले दुई जना बेपत्ता, एकको उद्धार


भोजपुर – अविरल वर्षाका कारण आएको बाढीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा  दुई जनालाई बगाएको छ ।

बाढीले भोजपुरको उत्तरमा रहेको इर्खुवा हाइड्रोमा कार्यरत दुई जना कामदारलाई बगाए र बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई कामदार हराएको इन्सेपेक्टर प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका-३ का २६ वर्षीय श्यामकुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया