तोलामा दुई सय रुपैयाँ घट्यो सुनको मुल्य


काठमाडाैं – गत शुक्रबार अहिलेसम्मकै उच्च भएको सुनको मुल्य आज घटेको छ । आज तोलामा सुनको मुल्य दुई सय रुपैयाँ घटेको हो ।

शुक्रबार सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । आज मुल्य घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १ हजार ७ सय ८५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया