सुनको मूल्यमा गिरावट, तोलामा २३ सयले घट्यो


काठमाडाैं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार सुनको मुल्य तोलामा २३ सयले घटेर एक लाख ४७ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर एक हजार ७ सय २५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया