सिन्धुलीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते


काठमाडाैं – सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका-२ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगरको ज्यान गएको हो ।

गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान ओसार पसार गर्ने गाडी दुर्घटनामा परेको हो ।

प्रतिक्रिया