सुनको मुल्य स्थिर, चाँदीमा ५ रुपैयाँले वृद्धि


काठमाडाैं – सुनको मुल्य आज घटबढ भएको छैन । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

आज पनि सुन त्यही मुल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति मङ्गलवार एकैदिन दुई हजार एक सय रुपैयाँले बढेर सुन अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मुल्य भने बढेकाे छ । चाँदीकाे पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएकाे छ ।

प्रतिक्रिया