सुनको मुल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा तीन हजारले बढ्यो


काठमाडाैं – नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मुल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो । यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च मुल्य एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको मुल्य तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया