जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


अछाम – जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । कमलबजार नगरपालिका-२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय पदम थापा, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय खडक बिष्ट, सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय मन बहादुर चलाउने, सोही नगरपालिका-१ बस्ने ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रेम नेपाली, सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिका-५ बस्ने २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका-६ बस्ने ४६ वर्षीय शेर बहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार नाै सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया