सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड


काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर रकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनकाे मुल्य पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएकाे हाे ।

त्यस्तै, महासंघका अनुसार सोमबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रतिक्रिया