नागरिक उन्मुक्ति पार्टी छोडेको रेशम चौधरीको घोषणा
काठमाडाैं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले नाउपा छोडेको जानकारी दिएका हुन् ।
साथै चौधरीले नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । तर रञ्जितासँग कुनै दुस्मनी नरहेको उनले उल्लेख गरेका छन् ।
