सुदूरपश्चिमको कृषिमन्त्री बनिन् नागरिक उन्मुक्ति पार्टीकी टीका थापा


काठमाडाैं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले आज पद तथा गोपनीयताको शपथ गराए । यसअघि नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका थिए ।

चौधरी र थापाकै कारण कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेर राजीनामा दिएका थिए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्री पठाएका छैनन् ।  मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरूसँग विश्वासको मत लिने सन्दर्भमा छलफल गरिरहेको बताए ।

प्रतिक्रिया