देशभर चिसो बढ्यो, न्यूनतम तापक्रम अझै घट्ने

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

आज (आइतबार) बिहान ८ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले जनाएको छ ।

हिजो शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो । यस आधारमा हिजोभन्दा आज चिसो बढेको छ । यद्यपि शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो ।

हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *