समानुपातिकतर्फ एक करोड बढी मतगणना : रास्वपाको झण्डै ५० लाख, अरुको कति ?
काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड तीन लाख १९ हजार ९४२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ८ बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ६३ हजार ८८३ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ७७ हजार ६५१, नेकपा (एमाले)ले १३ लाख ९२ हजार६२२, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५५ हजार ५१४ श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार ७५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार २४९ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७० हजार १३४, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार २७४ र जनमत पार्टीले ७५ हजार ७५२ मत प्राप्त गरेको छ ।
समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाईसकेका छन् ।प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।
समानुपातिकतर्फ १ करोड ३ लाख मत गणना हुँदा दलहरुले पाएको मत

